दूरबिन संवाददाता ।
अमेरिका, अप्रलि ४ ।
अमेरिकामा बस्तै आएका नेपालीहरुका लागि सनिवार अप्रत्यासित घटनाले दुखित बनाएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुई जना नेपाली घरभित्रै मृत अवस्थामा फेला परेको समाचार बाहिर आएका छन् । । नेपालीभाषी सन्चारमाध्यमहरुले नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाबाट जानकारी प्राप्त भएको भन्दै समाचार प्रकाशित गरेका छन् । समाचारमा जनाइए अनुसार नेपालमा मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० बर्षका दुई जना नेपाली घरभित्रै मृत भेटिएको हुन् ।
कोरोना अति प्रभावित न्युयोर्कको क्विन्समा केही समय देखि बसोबास गरिरहेका सोनाम लामा र थोक्मे बिष्टको मृत्यु भएको समाचारहरुमा उल्लेख छ । एकिन कारण नखुलिसकेको भए पनि ४० बर्षका सोनामको उनि बस्ने कोठाभित्रै मृत्यु भएको समाचारमा जनाइएको छ । सोनाम लामो समय संपर्कमा नआएपछि बस्ने कोठामा गएर संपर्क गर्न खोज्दा मृत अवस्थामा फेला परेका हुन् । कोरोना भाइरसको संक्रमण वा अरु कुनै कारणले मृत्यु भएको हो भन्नका लागि उनको पोष्टमार्टम रिर्पोट पर्खनु पर्ने हुन्छ ।
त्यस्तै लामो समय देखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि सनिवार नै आफ्नै अपार्टमेन्टमा मृत्यु भएको खवर छ । उनको मृत्युको कारण एकिन गरिएको छैन ।
न्युयोर्कमा कोरोना संक्रमितको ठुलो भार धानीरहेको एल्महमष्ट अस्पताल न्युयोर्कमा नै अजयमान छोंचुँको सनिवार उपचारका क्रममा निधन भएको छ । यस अघि नेपाली यूवा अनिल लिम्बुको सोही अस्पतालमा निधन भएको थियो ।
कोरोनाको संक्रमण भए यता न्यूयोर्कमा चार जना नेपालीको मृत्यु भइसकेको छ ।
यस संवन्धि थप जानकारी पछिल्ला समाचारहरुमा दिने छौ । -सम्पादक
प्रतिक्रिया लेख्नुहोस्:-