अमेरिका, अप्रिल ५/ साउदर्न क्यालिफोर्नियामा नेपालीद्वारा स्थापना गरिएको श्री पशुपतिनाथ फाउन्डेशनले कोरोना भाईरस पिडितको लागि राहत कोष स्थापना गरेको छ। राहत कोषलाई प्रभावकारी ढङ्गमा संचालन गर्नको लागि रामबाबु पाण्डेको संयोजकत्वमा SPFU COVID-19 राहत समिति गठन गरेको छ।
दुःखद घडिमा सहभागि हुन ईच्छुकले फेसबुक मार्फत अथवा श्री पशुपतिनाथ फाउण्डेशन, यूएसए, नर्वाक, क्यालिफोर्नियाको बैङ्क अफ अमेरिकामा रहेको राहत कोष खाता नं. ३२५० ४९११ ५२१७ मा सिधै रकम जम्मा गरि आफूले जम्मा गरेको दानरकमको विवरण फाउण्डेशनको इ-मेलः [email protected] मार्फत वा कुनैपनि समितका सदस्यहरूलाई जानकारी गराउन सक्ने उल्लेख गरिएको छ। सहयोग रकम संकलनको लागि फेसबुक मार्फत अनलाईन दान सङ्कलन (Facebook Fundraiser) शुरु भइसकेको छ । दानगर्नको लागि फेसबुकको लिङ्कलाई पछ्याउन सकिनेछ ।
फेसबुक मार्फत दान गर्नको लागि यहाँ क्लिक गर्नुहोस्
राहतको काम चुस्त-दुरुस्त होस् भनि खाद्यान्न ब्यबस्थापन तथा आपतकालिन सहयोग, जानकारी मुलक सामाग्री तयार समिति, केन्द्र, राज्य तथा अन्य निकायको सहयोग परामर्श समिति, व्यक्तिगत सुरक्षाका उपकरण (पी पी इ), स्वास्थ्य सम्बन्धि जानकारी तथा सहयोग, आर्थिक सहायता संकलन तथा ब्यबस्थापन समिति, तथ्याङ्क संकलन तथा अभिलेख, प्रचार प्रसार समिति बनाएको छ।
श्रीपशुपतिनाथ फाउनडेशनमा अत्यावश्यक पर्ने खाद्द्य सामाग्रीहरु खरिद गरेर जोगाड राख्ने, ज्वरो नाप्ने थर्मोमिटर, सेनिटाइजर, मास्क, ग्लोभ, टाइनालोल जस्ता अत्यावश्यक सामाग्रीहरुको खरिद गरि राख्ने र र आबश्यकता अनुसार सो को वितरण अबस्था हेरी निशुल्क वा परेको मूल्य लियर वितरण गर्ने योजना बनाएको छ। ज्वरो नाप्ने थर्मोमिटर, सेनिटाइजर, मास्क, ग्लोभ, टाइनालोल जस्ता अत्यावश्यक सामाग्रीहरु मध्यबाट तत्काल न्युयोर्कमा केहि सहयोग गर्ने योजना समेत राहत समितिले बनाएको छ।
फेडेरल सरकार, राज्य सरकार तथा स्थानिय सरकारबाट व्यक्ति तथा साना ब्यबसायलाइ उपलब्ध सहयोग बारे जानकारीमुलक सामाग्री तयार गर्दै वितरण गर्ने। कुन व्यक्तिले के सहयोग लिंदा के हुन्छ भन्ने जस्ता सामाग्री तयार गर्दै दिने तथा अन्य सामाग्रीहरु तयार गर्दै वितरण गर्ने, साउदर्न क्यालिफोर्नियामा रहेको नर्सिङ्ग एसोसियसन अफ साउदर्न क्यालिफोर्नियासंग समन्वय गर्दै स्वास्थ्य सम्बन्धि जानाकारी प्रदान गर्ने तथा साउदर्न क्यालिफोर्नियामा कसैलाई आपद परेको अबस्थामा सम्पर्क गर्नको लागि २४ घण्टा सम्पर्क हुन् सक्ने फोन नम्बर संचालन गर्ने, सम्पर्क व्यक्तिको लागि स्वत: फोन जाने गरि मिलाउने योजना बनाएको जानकारी गराउन चाहान्छौ।
यस संकटको घडीमा संचालन गरिएको राहत कार्यलाई पारदर्शी बनाउनका लागि अभिलेख समिति मार्फत आय-व्ययको दुरूस्त अभिलेख राखिनेछ र सो को सार्वजनिक गरिने सचिव बिमल श्रेष्ठले जानकारी दिए ।
श्री पशुपतिनाथ फाउनडेशनले जारी गरेको प्रेस बिज्ञप्ति
SPFU COVID-19 राहत समितिको अप्रिल २, २०२० गते संयोजक रामबाबु पाण्डेको संयोजकको अध्यक्षतामा बसेको कन्फरेन्स कल बैठकले COVID-19 बाट साउदर्न क्यालिफोर्निया तथा अमेरिकामा रहेको नेपाली समुदायलाई आपद परेको अबस्थामा सहयोग पुर्याउनको लागि सबैलाई सक्दो सहयोग पुर्याउन अनुरोध गरेको छ। आपदको यस अबस्थामा निम्न लिखित दानविरहरूबाट राहतका लागि आजका मितिसम्म जम्मा $ १२,८५३.०० (बाह्र हजार आठसय त्रीपन्न डलर) संकलन भईसकेको छ। हालसम्म दानदिने महानुभावहरूको नामावली यस प्रकार छ ।
वेदभक्त जोशी $१००१, एकराज पाण्डे $१००१, राजेन्द्र शिवाकोटी $१००१, कृष्ण कोइराला $५०९, कोषराज थपलिया $५०८, रामबाबु पाण्डे $५०१, बिमल श्रेष्ठ $५०१, भिम ढकाल $५०१, सिदार्थ सिलवाल $५०१, हेमराज भट्ट $५०१, ई. कन्हैया कायस्थ $५०१, गोकुल पौडेल $५०१, भक्त थापा ५०१, ऋषि ढकाल $५०१, राजेश पाण्डे $५०१, माधब पाण्डे $५०१, डा. शम्भु ढुंगाना $३०१, बिबेक श्रेष्ठ $२०१, गोकुल ढकाल $२०१, मदन पाठक $२०१, नेत्र मैनाली $२०१, तिलक कार्की $२०१, नविन पोखरेल $२००, युवराज ओली $२००, पुरुषोतम ढकाल $१०१, डा. जित जोशी $१०१, अग्नि चौलागाई $१०१, उपेन्द्र सापकोटा $१०१, डिल्ली थापा $१०१, एकदेव शर्मा $१०१, लक्ष्मन अधिकारी $१०१, चक्रपाणी मिश्र $१०१, सुर्य प्रसाई $१०१, झमक निरौला $१०१, सुनिल पोखरेल $१०१, शुसिला पाण्डे $१०१, रामचन्द्र लामिछाने $१०१, गंगा बस्नेत $१०१, इन्द्र पाण्डे $१०१, रामेश्वर भण्डारी $१०१।
तपाईहरू पनि यस दुःखद घडिमा सहभागि हुन ईच्छुक हुनुहुन्छ भने यसै फेसबुक मार्फत अथवा श्री पशुपतिनाथ फाउण्डेशन, यूएसए, नर्वाक, क्यालिफोर्नियाको बैङ्क अफ अमेरिकामा रहेको राहत कोष खाता नं. ३२५० ४९११ ५२१७ मा सिधै रकम जम्मा गरि आफूले जम्मा गरेको दानरकमको विवरण फाउण्डेशनको इ-मेलः [email protected] मार्फत वा तल उल्लेखित कुनैपनि समितका सदस्यहरूलाई जानकारी गराउनुहुन अनुरोध छ ।
सहयोग रकम संकलनको लागि फेसबुक मार्फत अनलाईन दान सङ्कलन (Facebook Fundraiser) शुरु भइसकेको छ । दानगर्नको लागि कृपया तलको लिङ्कलाई पछ्याउनु होला ।
राहत कार्यलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि निर्माण गरीएका तल उल्लेख समितिहरुका प्रत्येक सदस्यहरूलाई आवस्यकता अनुसार सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
क) खाद्यान्न ब्यबस्थापन तथा आपतकालिन सहयोग:- हेमराज भट्ट, कृष्ण कोइराला, नविन पोखरेल, लक्ष्मण अधिकारी, डिल्ली थापा, सुर्य प्रसाई, मदन पाठक, झमक निरौला, सिद्धार्थ सिलवाल, कोषराज थपलिया, दीपक पाठक, रामचन्द्र लामिछाने ।
ख) जानकारी मुलक सामाग्री तयार समिति:- ई. कन्हैया कायस्थ, डा.जित जोशी, ऋषि ढकाल, डा. शम्भु ढुंगाना, भक्त थापा ।
ग) केन्द्र, राज्य तथा अन्य निकायको सहयोग परामर्श समिति:- राजेन्द्र शिवाकोटी, सुनिल पोखरेल, युवराज ओली ।
घ) व्यक्तिगत सुरक्षाका उपकरण (पी पी इ):- गोकुल पौडेल, बिमल श्रेष्ठ, रामबाबु पाण्डे, तिलक कार्की ।
ङ) स्वास्थ्य सम्बन्धि जानकारी तथा सहयोग:- टिका आङ्देम्वे – नर्सिङ्ग एसोसियसन साउदर्न क्यालिफोर्निया ।
च) आर्थिक सहायता संकलन तथा ब्यबस्थापन समिति:- भिम ढकाल, एकराज पाण्डे, मुकुन्द ढुंगाना, राजेश पाण्डे ।
छ) तथ्याङ्क संकलन तथा अभिलेख:- भिम ढकाल, चक्रपाणी मिश्र, बलराम थापा, नेत्र मैनाली, एकदेव शर्मा ।
ज ) प्रचार प्रसार:- रामेश्वर भण्डारी, पुरुषोतम ढकाल, अग्नि चौलागाई, गोकुल ढकाल, उपेन्द्र सापकोटा ।
३) खाद्यान्न स्टोर संचालन गर्ने सम्बन्धमा:- श्रीपशुपतिनाथ फाउनडेशनमा अत्यावश्यक पर्ने खाद्द्य सामाग्रीहरु खरिद एवं सञ्चय गर्ने तथा आबश्यकता अनुसार सो को वितरण अबस्था हेरी निःशुल्क वा सहयोग शुल्क लिई वितरण गरिनेछ । यसको खरिद र वितरण सम्बन्धि कार्य खाद्यान्न ब्यबस्थापन तथा आपतकालिन सहयोग समितिले गर्ने छ I यसरी गरिएको सहयोगको ‘तथ्यांक संकलन तथा अभिलेख’ समितिले लागत राख्नेछ ।
४) व्यक्तिगत सुरक्षाका उपकरण (पीपीइ ) सम्बन्धमा:- हाल न्युयोर्कमा परेको संकटमा ज्वरो नाप्ने थर्मोमिटर, सेनिटाइजर, मास्क, पन्जा तथा टाइलेनोल अपुग देखिएको हुँदा उपर्युक्त अत्यावश्यक सामाग्रीहरुको खरिद गरि राख्न शुरू गरिसकिएको छ । यसरी खरिद गरिएका सामाग्रीहरू मध्येबाट समितिका संयोजक रामबाबु पाण्डेको संयोजकत्वमा आधिकारिक संस्था मार्फत न्युयोर्कमा तत्काल सहयोग सामाग्री पठाउने तथा साउदर्न क्यालिफोर्नियामा आबश्यकता अनुसार निःशुल्क वा सहयोग शुल्क लिएर सामाग्री वितरण गरिनेछ ।
५) जानकारी मुलक सामाग्री तयार तथा प्रचार प्रसार:- फेडेरल सरकार, राज्य सरकार तथा स्थानिय सरकारबाट व्यक्ति तथा साना ब्यबसायलाई उपलब्ध गराइने राहत ऋण वारे परामर्श तथा आवेदनका साथै यस बाट हुने लाभबारे जानकारि उपलब्ध गराइ सहयोग गरिनेछ ।
६) स्वास्थ्य सम्बन्धि जानकारी तथा सहयोग:- साउदर्न क्यालिफोर्नियामा रहेको नर्सिङ्ग एसोसियसन अफ साउदर्न क्यालिफोर्नियासंग समन्वय गर्दै नेपाली मुलका मानिसलाई स्वास्थ्य सम्बन्धि जानाकारी प्रदान गर्ने, नर्सिङ्ग एसोसियसन अफ साउदर्न क्यालिफोर्नियाले गर्ने स्वास्थ्य सम्बन्धि सहयोग कार्यक्रमलाइ सहयोग पुर्याईनेछ ।
७) यस संकटको घडीमा संचालन गरिएको राहत कार्यलाई पारदर्शी बनाउनका लागि अभिलेख समिति मार्फत आय-व्ययको दुरूस्त अभिलेख राखिनेछ ।
कृपया, सकेको दान गरौँ, आफू स्वस्थ रहौँ र अरूलाई पनि स्वस्थ रहन सहयोग गरौँ ।
मिति अप्रिल ०५, २०२० शुभम I
बिमल श्रेष्ठ
सचिव
कोभिड-१९ राहत समिति
श्री पशुपतिनाथ फाउनडेशन यूएसए,
नर्वाक, क्यालिफोर्निया
प्रतिक्रिया लेख्नुहोस्:-