काठमाडौं । अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।
परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ ।
सरकारले १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ ।
टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-