काठमाडौं । एसइई परीक्षाको क्रममा हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदाय झडपमा उत्रिएपछि सुनसरीमा जारी झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क)बमोजिम आज साँझ ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी हुँदासम्मलाई प्रशासनले कर्फ्यु लगाएको हो ।
कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको कर्फ्यु आदेशमा अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आवतजावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा र्याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न नगराउन भनिएको छ ।
इनरुवा नगरपालिका क्षेत्र, हरि नगर गाउँपालिका क्षेत्र, देवानगंज गाउँपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु जारी गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-