काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नै बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास हुने बताएका छन् ।उनले आज शुक्रबार गोरखामा स्थानीय पत्रकारहरूसँग यस्तो बताएका हुन् ।
गोरखा जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र पार्क निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने पनि बताए ।
‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत्, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु । यो पटक जनताले बुझ्नेगरी बजेट विनियोजन हुनेछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-