काठमाडौं । पार्टी कामका लागि नवलपरासी र रुपन्देही गएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ, यहाँका स्थानीय डाक्टरले थप उपचारका लागि काठमाडौं लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल पठाइएको हो । ’
अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।
अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ । उनले नियमित चेकअप गराउन गराइ रहेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-