काठमाडौं । सत्तारुढ गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको आज (बुधबार) बसेको बैठकले चुनावी गठबन्धनका लागि स्थानीय तहको अवस्थाबारे चैत्र२६ गतेसम्ममा केन्द्रमा रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।
आज संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा बसेको बैठकले प्रदेश, जिल्ला लगायत चुनावी तालमेल संयन्त्रलाई अबको ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको ह ो
“तल्लो तहमा विभिन्न संयन्त्र बनेका छन् । बैठक बसेर त्यहाँको स्थितिका बारेमा रिपोर्ट कलेक्सन गरेर २६ गतेभित्र पठाउने भन्ने कुरा भएको छ,” माओवादीका नेता देव गुरुङले भने ।
समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् भने नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ रहेका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल तथा जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-