काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको गुनासो पोखेका छन्।
उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने,‘२०४६ को परिवर्तन पछि बनेको संविधानमा हामीले आर्थिक उदार नीति ल्याएका थियौं, जसले गर्दा देशका विभिन्न पक्षमा र क्षेत्रमा सुधार भएको थियो। आर्थिक वृद्धिदर पनि बढेको थियो।अन्तर्राष्ट्रिय क्षेत्रले पनि हामीलाई प्रशंसा गरेकै हो ।
पूर्वमन्त्री महतले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको टिप्पणी गरे। उनले अहिले तीन तहका सरकारका बीचमा ठाउँ ठाउँमा विवाद देखिएकाले क्षमता वृद्धि गरेर तिनलाई अघि बढाउनु पर्ने तर्क राखे।
डा. महतले अनुपयुक्त रुपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै गुनासो समेत पोखे।
प्रतिक्रिया लेख्नुहोस्:-