काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेका छन् ।
उर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारेका हुन् ।
केही दिनअघि विद्युतको व्यवस्थापनमा असहज अवस्था आउँदा एकरदुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।
‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन, अपर्झट आएको समस्या हो, त्यो एकरदुई दिनमा समाधान भयो,’ उनले भने । विद्युतको खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए । उद्योगी ब्ययसायीहरुले प्राधिकरणले अघोषित रुपमा विद्युत कटौती गरेको आरोप लगाएका थिए । तर त्यस आरोपमा कुनै सत्यता नभएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-