काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पहिलो प्राथमिकता नै अर्थतन्त्रलाई सुदृढ बनाउने रहेको बताएका छन् ।
मन्त्री महतले विहीबार सम्पादक समाजका पदाधिकारीसँग भएको भेटमा सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए।
समाजका पदाधिकारीले अर्थमन्त्री डा. महतलाई भेट गरी बधाई एवं कार्यकालको शुभकामना दिएका थिए। सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो।
प्रतिक्रिया लेख्नुहोस्:-