Sunday, February 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल डायरी १ : स्थानीय सरकार

चैत्र २४, २०७४ ११:१८ मा प्रकाशित
नेपाल डायरी १ : स्थानीय सरकार
Share on FacebookShare on Twitter

यसपाली अमेरिकाबाट जनवरी ७ (पौष २३), आइतबार नेपाल झरेको लामै बसाइ भयो । यो लामो बसाइमा काठमाडौँ, बिराटनगर, इटहरी, र गृह नगरपालिका रंगेली घुम्ने अवसर मिल्यो । ७ महिना अगाडी आउँदा र अहिले आउँदा प्रतिनिधि सभा, प्रदेश सभा, र विशेषतः: स्थानीय निकायको निर्वाचनले गर्दा शहर देखि गाउँ-गाउँमा धेरै परिवर्तन देखियो ।
स्थानीय निकायको चुनाव
स्थानीय चुनाव भएपछि नेपालमा साँच्चिकै जरैदेखि परिवर्तन आएको रहेछ । मैले स्थानीय चुनाव हुनु अघि २०७४ को असार-श्रावणमा नेपाल जाँदा र चुनाव भैसकेर स्थानीय सरकार गठन भैसकेपछि हालसालै पौष-माघमा नेपाल जाँदा स्थिति धेरै फरक भएको अनुभव गरेँ । नेपालमा अहिले ७ प्रदेश अन्तर्गत कूल ७५३ स्थानीय सरकार छन् – ६ महानगरपालिका, ११ उप-महानगरपालिका, २७६ नगरपालिका, र ४६० गाउँपालिका । स्थानीय सरकारको चुनाव वास्तवमा लोकतन्त्रको लागि “अक्सिजन” हो । स्थानीय सरकारको संजाल वास्तवमा देशको विकास र संस्थागत लोकतन्त्रको लागि रक्तसंचार हो । देशको दिगो आर्थिक विकास र लोकतन्त्रलाई संस्थागत गर्न यो अत्यावश्यक छ । मेरो गाउँ, मैनाबारी, मोरंगको रंगेली नगरपालिकाको वडा ९ मा पर्छ । ७ हजारभन्दा बढी वासिन्दा भएको र ४ हजार जति मतदाता भएको यो वडा अर्ध-सहरी ठाउँ हो । स्थानीय सरकारको चुनावले के गर्दो रहेछ त भन्ने कुरा मैले आफ्नै आँखाले देख्न पाएँ । हाम्रो गाउँ पुरानो कांग्रेसी गढ हो । मेरा बुवा, जगतमान आन्गदेम्बे, नेपाली काँग्रेसको पुरानो नेता हुनुहुन्थ्यो । पंचायतमा ८ वर्ष जति जेलनेल काढेर २०४८ सालमा मोरंग -३ (एमालेको गढ) मा भारत मोहन अधिकारी सँग लडेका तथा मोरंग जिल्ला सभापति भएका जिल्ला तथा पूर्वी इलाकाको कांग्रेसी प्रभावसाली नेता हुनुहुन्थ्यो । अहिले पनि हाम्रो गाउँ कांग्रेसी छ । पुरै मोरंगमा नेपाली काँग्रेसले एउतै मात्र क्षेत्र जित्यो – त्यो हो, मोरंग-२ जहाँबाट डा. मिनेन्द्र रिजालले २,००० भन्दा कम भोटले भएपनि जिते ।
करिब २० वर्ष पछि भएको स्थानीय सरकारको चुनावमा हाम्रो वडामा अध्यक्ष सहित सबै ५ जनै नेपाली काँग्रेसबाट जिते । अहिलेका काँग्रेसका जिल्ला सचिव, मोदराज घिमिरे, हाम्रा गाउँकै नेता हुन् । उनी आफू चाहिँ रंगेली निवासी मधेसी समुदायका माओवादी पार्टीका नेता तथा स्थानीय व्यापारी दिलीप कुमार बगड़ियासँग “रंगेलीको मेयर” मा पराजित हुन पुगे । आर्थिक रूपले सम्पन्न बगड़िया समाजसेवामा पनि सक्रिय तथा रंगेली र आसपासका जनताहरूमा राम्रो पकड थियो । भनिन्छ उनका इँटा-भट्टा मै हजारौँ कामदार काम गर्छन् । पार्टी भन्दा उम्मेदवार आफैले जितेका थिए । उम्मेदवार दह्रो भयो भने पार्टी हैन आफ्नै बल-बुताले जित्न सकिँदो रहेछ भन्ने साबित भयो । उम्मेदवार चयनमा पार्टीको लागि यो एउटा शिक्षा थियो । अरू कारण यथावत् राखी आर्थिक रूपमा बलियो नभैकन चुनाव जित्न गारो रहेछ भन्ने कुरा यो चुनावले देखायो । अमेरिकामा जस्तो न त पार्टीको कोषबाट सहयोग आउँछ, आएपनि हात्तीको मुखमा जिरा जस्तो हुन्छ, न त यहाँको जस्तो, बर्नी स्यान्दर्स र बाराक ओबामाले जस्तो, स-साना सहयोग सङ्कलन गर्ने चलन छ ।
एक होनहार नेताको दुख
एक जना नेपाली काँग्रेसका होनहार स्थानीय युवा नेता जसले मोरंगको एक क्षेत्रबाट प्रदेश सभाको संसदमा जिते, उनको कुरा सुनेर जो-कोहीले राजनीति गर्ने आँट नै गर्न सक्दैन भन्ने प्रष्ट भयो । अझ, आफ्नो इमान-जमान कायमै राखेर कुनै भ्रस्टाचार नगरी उल्टै आफ़ो पैसा खर्च गरी राजनीति गर्न हामी मध्ये कति जनाले सक्छौँ? उनले भन्थे, अहिले देशको संसद् हैन प्रदेशकै संसद् लड्न करोडको खर्छ हुन्छ । त्यत्रो खर्च हुँदा पार्टी बाट जम्मा १ लाख सहयोग भयो रे! एक जना वरिष्ठ नेताबाट ३ लाख सहयोग आयेछ अनि देशको संसदमा उठेका उम्मेदवारले ठुलो सहयोग गरेछन । त्यहिपनी उनको झन्नै ३० लाखको ऋण भएको छ । अब आफ्नो अलिकति भएको जग्गा बैंकमा धितो राखेर, श्रीमतीको जागिरको भरमा ऋण निकालेर त्यो ३० लाख तिर्नु पर्नेछ रे! त्यहिपनि उनले कुनै पनि हालतमा एक पैसा भ्रष्टाचार गर्दिन भनेका छन् । नेपालमा इमान-जमान कायमै राखी, भ्रष्टाचार नगरी राजनीति गर्न फलामको चिउरा चपाउन सरी गाह्रो छ ।
स्थानीय सरकार, स्थानीय विकास, स्थानीय जवाफदेहिता
स्थानीय निकायको चुनावको सबैभन्दा ठुलो उपलब्धि नै यो हो – स्थानीय सरकार, स्थानीय विकास, स्थानीय जवाफदेहिता । पहिले जस्तो गा.वि.स. सचिवले झोलामा गा.वि.स. बोकेर हिँड्ने दिन गए । अहिले त वडाका सचिव स्थानीय मान्छे नै हुन्छन् जो समयमै कार्यालय हाजिर हुन्छन्, अनि समयमै काम गर्दिन्छान । पहिले चार देखि १० माइल सम्म पर जानु पर्ने गा.वि.स. कार्यालयको काम वडा कार्यालयमा हुन्छ । गा.वि.स. सचिवको काम वडाका सचिवले गर्छन् । अझ वडा सचिवले बदमासी, भ्रष्टाचार, अनि किर्ते गर्ने काम असम्भवजस्तै छ किनकि उनी स्थानीय मान्छे हुन् । पैसा मागे वा काम बिगारे स्थानीय जनप्रतिनिधिले नै सोध-खोज गर्छन् भने स्थानीय जनता (उनकै छिमेकी) ले कठालो समात्छन् । यो हो नि त सच्चा लोकतन्त्र! अर्को कुरा, पहिलेको जस्तो सात पार्टीका कार्यकर्ता बसेर नक्कली उपभोक्ता बनेर (बाटो एक ठाममा बन्दैछ, समितिमा बस्ने पार्टीका मान्छेहरू चार-कोस परका छन्) योजनाका पैसा हीन-मिना गर्ने दिन गए । ठेकेदार सँग मिलेमतो गरेर ८०% खाएर २०% काम गरेर देखाउने दिन गए । यो मेरो आफ्नो प्रत्यक्ष अनुभव थियो । एउटा घटना सुनाउँछु । माघ ११ गते हाम्रो गाउँ, मैनावारिको, १२ वटा परियोजनाहरूको उपभोक्ता समिति गठन गर्ने सभा थियो । त्यो कुरा कसो कसो मलाई एक दिन अघि, माघ १० गते थाहा भयो । त्यतिखेर म गाउँमै थिए, करिब २ हप्ता बसे।एक जना स्थानीय जनाप्रितिनिधिले सबैलाई खबर गरेका रहेनछन । सूचना टाँसनुपर्ने केही मूल चोकहरूमा टाँसेका रहेनछन । उनका केही मान्छेहरूलाई भने पहिले नै थाहा रहेछ । मैले थाहा पाउने बित्तिकै यता-उतिका, वर-परका सबै छिमेकीहरूलाई खबर गरे । भोलिपल्ट माघ ११ गते रंगेली मालपोत जानुपर्ने काम छोडेर म भेलामा गएँ । त्यहाँ, वडा सचिव (सरकारी कर्मचारी) र उही स्थानीय जनप्रतिनिधि उपस्थित भए । ५ जना मध्ये कम्तीमा २ जना स्थानीय जनप्रतिनिधि चाहिने भयो, जसमा एक जना महिला र एक जना पुरुष I एक जना दलित महिला जनप्रतिनिधिलाई फोन गरेर बोलाउनु पर्यो । उनलाई त अत्तो-पत्तो रहिनछ क्यार? अब समावेशी भनेर जिताइएको दलित महिला प्रतिनिधि आफै जागरुक, सचेत, र सु-सुसुचित नभएपछि समावेशीको मूल उद्देश्य नै हराउने भो । कमसेकम अवसर पाएपछि उपयोग गर्ने आफ्नो खुबी पनि हुनुपर्यो I त्यो सभामा ९०% भन्दा बढी पुरुष थिए ।
उपभोक्ता समितिको गठन
५० हजार देखि ६ लाख सम्मको १२ वटा योजनाहरू थिए, कूल करिब २५-३० लाख जतिको । प्रत्येक योजनाको एउटा समिति हुनु पर्दो रहेछ। हरेक समितिमा कम्तीमा ५ जना त्यो योजना उपभोग गर्ने (बाटो भए आफ्नो घर अगाडिको, पुलभए आफ्नो खोलाको, नहरभए आफ्नो बारीसंगैको, इत्यादि) वास्तविक उपभोक्ता हुनुपर्दो रहेछ जसमा कम्तीमा ३३% (२ जना) महिला हुनुपर्दो रहेछ । स्थानीय ५ जना जनप्रतिनिधिबाट निष्कासित सूचनामा यो कुरा उल्लेख थिएन । एक जना जनप्रतिनिधि त “महिला किन चाहियो? घरमा कसले खाना पकाउँछ?” भन्दै थिए । युवा भएर पनि शिक्षा, संस्कार, र चेतनाको कमीले उनको दिमागबाट यस्तो कुरा आएको थियो । हामीले भने उपस्थित नभएपनि महिलाहरूको नाम सिफारिस गर्‍यौँ । ५ जनाको समितिमा अध्यक्ष (१), सचिव (१), कोषाध्यक्ष (१), र सदस्य (२) हुँदारहेछन । ५ लाख भन्दा कम्तीको योजनाको कोष ३ जनाको हस्ताक्षरमा सञ्चालन हुँदो रहेछ – अध्यक्ष, सचिव, र कोषाध्यक्ष । ३ जनामध्ये एक जना मात्रै इमान्दार भए पैसा खाने मौका हुन्न रहेछ । हामीले प्रत्येक समितिमा एक-दुई जना इमान्दार तथा नाजायज कुराको विरोध गर्न सक्ने पुरुष तथा महिलाको नाम सिफारिस गर्‍यौँ । त्यसपछि त पहिला जस्तो खाने सम्भव नै भएन । अझ ५ लाख भन्दा माथिको योजना त सरकारी टेन्डरबाट हुँदो रहेछ । एक जना जनप्रतिनिधि सभा सकिएपछि म सँग रिसाए पनि । तर, यो काम पूरा गाउँको मात्रै हैन, उनकै हितमा थियो । अब कमसेकम ८०% काम भयो भने पनि गाउँलेहरू खुसी भएर उनलाई अर्को चोटि पुन:निर्वाचित गर्ने वा अध्यक्ष नै बनाउन सक्छन् । यो हो असली लोकतन्त्र ! “टाँढाको देउता भन्दा नजिकको भूत काम लाग्छ” । देशको संसदलाई केरकार गर्न त परै जाओस् वर्षमा एकचोटी अनुहार हेर्न पाउन गाह्रो छ, तर प्रदेशको संसदलाई कमसेकम भेट्न सजिलो छ भने गाउँको जनप्रतिनिधिलाई त दैनिक भेट्न सकिन्छ, सोध-पुछ गर्न सकिन्छ, राम्रो काम गरे स्याबासी अनि गल्ती गरे कठालो समात्न सकिन्छ । यसरी स्थानीय सरकारका कर्मचारी अनि जनप्रतिनिधिलाई जवाफदेही बनाउन सकिन्छ । यही हो स्थानीय सरकार हुनुको फैदा !
अन्तमा
स्थानीय निकायको चुनाव वास्तविक लोकतन्त्र हो । यो देश र जनताको लागी अपरिहार्य छ । देशको दिगो आर्थिक विकास र लोकतन्त्रको संस्थागत गर्न यो अत्यावश्यक छ। स्थानीय सरकारनै लोकतन्त्रको सच्चा आधार हो ।
विश्वमान आङ्गदेम्बे, MBA in Finance
अटलान्टा, जर्जिया

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.