अमेरिका । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान अप्रिल ३० (वैशाख १८ गते) सम्म बन्द नै हुने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिले यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण अझै जोखिम नै रहेका कारण उडान स्थगनको निर्णय १५ दिन लम्बाइएको हो ।
बैठकले आन्तरिक उडानका बिषयमा भने कुनै निर्णय गरेको छैन । आन्तरिक उडान वैशाख ३ गतेसम्म बन्द गरिएको छ।
बैठकले कोभिड-१९ को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए। कैलाली, कञ्चनपुर र बागलुङमा आरडिटी पद्धतिबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए। बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ।
फोटो : रासस
प्रतिक्रिया लेख्नुहोस्:-