काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
चीनका लागि विष्णुपुकार श्रेष्ठलाई नियुक्ति सिफारिस गरेको छ भने दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल, स्पेन, बासुदेव मिश्र, श्रीलंका, मिलन तुलाधर, रसिया, कैलाश पोखरेल, अस्ट्रेलिया, डिल्लीराज पौडेल, मलेसिया, शान्ता रिजाल, इजराइल, जेपी प्याकुरेल, दक्षिण कोरिया, प्राडा रामसुरज राय यादव, डेनमार्क, नवराज सुवेदी, साउदी अरबका लागि राजदूतमा सिफारिस भएका छन् ।
परराष्ट्र मन्त्रालयका ८ जनालाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । उनीहरुमा नरेश विक्रम ढकाल,घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तिर्थराज वाग्ले रहेका छन् ।
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया लेख्नुहोस्:-