काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारको सय दिन उतारचढावयुक्त रहेको बताएका छन् ।
उनले शुक्रबार गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै अब सरकारले स्थिरता पाएकाले अब विकास निर्माणमा ध्यान केन्द्रित गर्ने बताए ।
उनले अब नीति, कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा आफूहरू जुटेको भन्दै उनले अब राम्रो काम नगरी आराम गर्ने छुट नरहेको बताए । अहिले प्राप्त ऐतिहासिक जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-