काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुबीच हुने तालमेलको मोडालिटी शीर्ष नेतृत्वबाट नै टुंग्याइनुपर्ने निष्कर्ष निकालेको छ।
नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा गुनावमा गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको र टुंगोमा पुग्न शीर्ष तहको बैठक बस्ने निष्कर्ष निकालिएको बताए ।
सत्तारुढ गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गरेको छ। समितिले चुनावी संयन्त्र कस्तो बनाउने भनेर गठबन्धनका सबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरुबाट सुझाव समेत संकलन गर्ने भनिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-