काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावको बेला जनतासँग गरिएको प्रतिवद्धता अनुसार नै काम गर्ने बताएका छन् ।
नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर(२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तिब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।
उनले संघ र प्रदेशको निर्वाचनमा जनतासँग मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तिब्रतर गतिमा देश विकास गर्छौं भनेर मागेको उल्लेख गर्दै त्यसै अनुसार काम भइरहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-