काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको थियो।
प्रतिवेदनमा सिफारिसअनुसार कारबाही प्रक्रिया तत्काल सुरु गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने बताएकी छन्।
प्रतिक्रिया लेख्नुहोस्:-