Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

चैत्र २८, २०७४ १०:५५ मा प्रकाशित
शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ चैत / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले शिक्षा क्षेत्रको सुधारका लागि १० विषयका विभिन्न बुँदामा पाँच वर्षवर्षे मार्गचित्र प्रस्तुत गर्नुभएको हो ।

मन्त्री पोखरेलले शिक्षालाई जीवनउपयोगी बनाउनका लागि आफूले पाँच वर्षमा गर्नसक्ने कामको मार्गचित्र प्रस्तुत गरेको बताउनुभयो ।
उक्त मार्गचित्रमा नीतिगत र कानूनी आधार निर्माण, संरचनागत तथा सांगठनिक सुधार, प्रारम्भिक बालशिक्षा, हामी सबैको प्रतिबद्धता, सार्वजनिक शिक्षाको गुणस्तरियता, निजी शिक्षाको नियमन, उच्च शिक्षा, खुला शिक्षा र जीवन्त पर्यन्त सिकाइ, विज्ञान तथा प्रविधि र सुशासन तथा व्यवस्थापनलगायतका विभिन्न विषयलाई समेटिएका छन् ।

शिक्षालाई समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माण र संघीय व्यवस्था अनुकूल शिक्षा नीति ६ महिनाभित्र सम्पन्न गर्ने, कक्षा १ देखि १२ सम्मको शिक्षालाई अनिवार्य गरी क्रमशः निःशुल्क बनाउँदै उच्च शिक्षालाई अनुसंन्धनात्मक र नवप्रवर्तनात्मक बनाउने, मुलुकको अर्थतन्त्रको समृद्धिका लागि आवश्यकपर्ने वौद्धिक, प्राविधिक तथा सामाजिक सबैखाले श्रमशक्तिको विकासमा अधिकतम ध्यान पु¥याउने, विज्ञान र प्रविधिलाई नेपाली जीवन पद्दतिसँग जोड्ने विषयवस्तुलाई पनि मार्गचित्रमा समेटिएका छन् ।

यसैगरी मार्गचित्रमा सबै प्रदेशमा एउटा आवासीय मातृभाषा विद्यालय स्थापना गर्ने, विद्यार्थीको रुचि, क्षमता र वौद्धिकतालाई सम्बोधन गर्न कला, खेलकूद लगायतका विशिष्टिकृत विद्यालयको स्थापना गर्ने, शिक्षण सेवालाई गुणस्तरीय बनाउन विद्यालयको भौगोलिक अवस्थिति, विद्यार्थी संख्या र विषयगत आवश्यकताका आधारमा शिक्षक दरबन्दी पुनवितरण र आवश्यक थप दरबन्दी सिर्जना गर्ने ,शिक्षामा सूचना तथा सञ्चार प्रविधिको पहुँच पु¥याउन सबै विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा पु¥याउने रहेका छन् ।
त्यस्तै विद्यालयलाई हरित क्षेत्र बनाउनका लागि ‘एक विद्यालय एक बगैँचा कार्यक्रम’ ल्याउने, नेपाली कला, संस्कृति साहित्यलगायत पहिचानमूलक विषय अनिवार्य रुपमा राष्ट्रभाषामा अध्ययन अध्यापन गर्ने व्यवस्था गरिने, निजी विद्यालयले १० जना विद्यार्थी बराबर एकजना विपन्न तथा गरीब विद्यार्थीलाई छात्रवृतिसहित अध्यापन गराउने व्यवस्था लागू गर्ने, कम्पनी अन्तर्गत सञ्चालित संस्थागत विद्यालयलाई गुठी वा सहकारीमार्फत सञ्चालन गर्ने, सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि जनशक्ति आपूर्ति गर्न विशेष स्वयंसेवा सञ्चालन गरिने लगायतका कार्यक्रम रहेका मार्गचित्रमा उल्लेख छ ।

यसैगरी विश्वविद्यालयलाई राष्ट्रिय तथा प्रादेशिक विश्वविद्यालयमा वर्गीकरण गरिने, विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धात्मक पद्दति अवलम्बन गरिने, सूचना, प्रविधि, पर्यटन, जडीबुटी, खेलकुद, पूर्वाधार विकाससँग सम्बन्धित जनशक्ति उत्पादनका लागि उच्च शैक्षिक संस्था र विश्वविद्यालय स्थापना गरिने, दुई वर्षभित्रमा साक्षर नेपाल घोषणा गर्ने, खुला विद्यालय शिक्षालाई कक्षा १२ सम्म विस्तार गरिने, हरेक स्थानीय तहमा ई–लाइबे्ररी र ई लर्निङ सेन्टर स्थापना गरिनेलगायत विषयवस्तुलाई मार्गचित्रमा समेटिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

मार्गचित्रमा विज्ञान तथा प्रविधिलाई प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षासम्म जोड्ने, गुरुकूल, बिहार, गुम्बा, मदरसा, खुला एवं वैकल्पिक शिक्षा कार्यक्रमलाई राष्ट्रिय योग्यता प्रणालीसँग आवद्ध गरिने, विज्ञानलाई हरेक प्रकार वा विधासँग जोड्ने लगायतका रहेका छन् ।

यस्तै कार्यसम्पादन सूचकका आधारमा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने निकाय तथा व्यक्तिलाई थप प्रोत्साहन उपलब्ध गराइने, मन्त्रालयबाट प्रदान गरिने सेवालाई विद्युतीय प्रविधिमार्फत छिटो छरितो, पारदर्शी बनाइने, द्वन्द्वका कारण विस्थापित शिक्षकको व्यवस्थापन गर्ने सम्बन्धमा जाँचबुझ समितिको प्रतिवेदनका आधारमा विस्थापित शिक्षकको समूचित व्यवस्थापन गरिने, हरेक स्थानीय तहमा खटिएका सूचना प्रविधिलाई सामुदायिक विद्यालयको तथ्यांक डिजिटल डाटावेस बनाइ राख्न लगाइने लगायतका कार्यक्रम रहेका छन् ।

मन्त्री पोखरेलले प्रस्तुत गरिएका मार्गचित्रको कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने बताउनुभयो ।रासस

सम्बन्धित समाचार

नेपालमा हालसम्म मंकीपक्सको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य / शिक्षा

डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा हालसम्म मंकीपक्सको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य / शिक्षा

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनिवार्य रुपमा पालना गर्नू : स्वास्थ्य मन्त्रालय

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
स्वास्थ्य / शिक्षा

फेरि ह्वात्तै बढ्न थाल्यो कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
ट्रेन्डिंग न्यूज्

ह्वात्तै बढे कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
स्वास्थ्य / शिक्षा

नेपालमा हालसम्म कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म मंकीपक्सको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य / शिक्षा

नेपालमा हालसम्म कोरोनाको नयाँ भेरियन्ट देखा परेको छैन : स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.