काठमाडौं । इन्धनको मूल्यका कारण वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेपछि २० प्रतिशत इन्धन खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो हुँदा त्यसले असर पारेको, रुस–युक्रेन युद्धका कारण कच्चा इन्धनको मूल्य बढेकाले खपत घटाउने प्रयास सरकारले गरेको बताए ।
२० प्रतिशत इन्धन खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको उनले बताए । त्यस्तै इन्धनका लागि बाहिरिने विदेशी मुद्रामा कमी ल्याउन दुई दिन सार्वजनिक बिदाको प्रस्ताव पनि मन्त्रिपरिषद्मा लगेको उनले बताए ।
विकास निर्माणका परियोजना, अत्यावश्यक क्षेत्रबाहेक अन्य क्षेत्रमा प्रयोग हुने इन्धनको मात्रा घटाउने योजना सरकारले अगाडि सारेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-