काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने बताएका छन्। दाङको घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको तर्क गरे।
‘मैले देश बचाउनकै लागि संसद्मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ’, कोइरालाले भने, ‘राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ।’
नेताहरूले पहिले आफू, त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुखेसो कोइरालाले पोखे।
प्रतिक्रिया लेख्नुहोस्:-