काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देश नयाँ तरिकाले अगाडि बढ्ने दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री ओलीले आज बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताएका हुन ।
एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकारले देशलाई बरबादीमा जानबाट भने जोगाएको ओलीले दाबी गरे । ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-