काठमाडौ.। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले रवि लामिछानेमाथि अनावश्यक बखेडा निकालेको आरोप लगाएका छन् ।
उनले आज पार्टी कामका सिलसिलामा बिहीबार कोशी प्रदेशको राजधानी विराटनगर विमानस्थलमा संचारकर्मीसँग भने, ‘कांग्रेस सरकारमा रहँदा मुद्दा सामान्य थियो, अहिले गठबन्धन भत्किएपछि रविजीलाई केन्द्रमा राखेर समस्या सिर्जना गर्नु राजीनितिक पूर्वाग्रह हो ।’
प्रतिनिधिसभामा केही दिनयता देखिएको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्दै दाहालले थपे, ‘गतिरोध टुंग्याउन राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै निकास निस्किन्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-