Friday, August 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समयलाई मान्छेले नै नयाँ र पुरानो भनेर छुट्याइदिएको हो

चैत्र ३०, २०७६ ७:२८ मा प्रकाशित
समयलाई मान्छेले नै नयाँ र पुरानो भनेर छुट्याइदिएको हो
Share on FacebookShare on Twitter

बब विनय

नयाँ- पुरानोको अन्‍त्य हुनु हो भने पुरानो हुनु भनेको नयाँको शुरुवात हुनु हो । समयले जस्तोसुकै नयाँलाई पनि पुरानो बनाइदिन्छ । कुनै सोच, विचार, काम, इच्छा तथा आवश्यकताहरु नै किन नहोस्- नयाँ हुँदै जानु भनेको पुरानो हुँदै गएर नै हो । सवै मानिसलाई हरेक कुरामा ‘नयाँ’ को इच्छा हुन्छ । सवैलाई नयाँ मन पर्दछ । हरेक कुरा नयाँ हुनुपर्ने दुनियाँमा वर्ष अथवा सम्वत् पनि नयाँ-नयाँ भएर आउँदै पुरानो भएर जान्छन् । हुन त अमुर्त समयलाई मान्छेले नै नयाँ र पुरानो भनेर छुट्याइदिएको छ । संसारमा ‘नयाँ’ केहि हुँदैन । नयाँ क्षणिक हुन्छ । तर पनि मानिसहरु नयाँ कै लागि दौडिरहेका हुन्छन् । नयाँको अर्थ पुरानो हुन तत्पर हुनु हो ।

निराकार समयलाई दिन गन्ति गरी ३६५ दिनभित्रको परिवेश मानिसले नै तयार गरिदिएको हुन्छ । यहि एउटा परिवेश हाम्रो सामू ‘नयाँ वर्ष’ बनेर आउँछ र फेरी अर्को नयाँ वर्षको आगमनसँगै पुरानो भएर बिलाउँछ । कसैले बन्धनमा राख्न नसक्ने समयलाई मानिसले मात्रै नयाँ समय र नयाँ वर्षका रुपमा क्यालेण्डर, पात्रो र पञ्चाङ्गका पानामा कैद गर्दछ । नेपालको पात्रो प्रणाली अनुसार ३६५ दिनको समय खण्डलाई एक वर्ष भनिन्छ । यहि एक वर्षको अन्त्य नै अर्को नयाँ वर्षको शुरुवात हो । नेपाली पात्रो अनुसार आजदेखि नयाँ वर्ष शुरु भएको छ । यो नयाँ वर्ष ‘२०७७ हो । आज २०७७ को पहिलो दिन हो । ‘नयाँ वर्ष-२०७७ भन्नाले हिन्दु पञ्चाङ्ग पात्रो अनुसारको वर्ष अथवा सम्वत् हो ।

नयाँ वर्ष पुराना गल्तीहरु त्याग्ने तथा कमजोरीलाई सच्याएर अघि बढ्ने दिनको शुरुवात पनि हो । नयाँ वर्षलाई एक अर्कामा शुभकामना आदान-प्रदान गर्ने, मन्दिरमा गएर देवी-देवताको दर्शन गर्ने र इष्टमित्र, नातागोता तथा साथिभाईका साथ मिठो मसिनो खाद्य मिण्ठान बनाएर खाँदै रमाइलो गर्ने दिनका रुपमा मनाइदै आएको छ । नयाँ वर्षका अवसरमा देशका विभिन्न भागमा रहेका मठ मन्दिर, खोला दोभान र त्रिवेणीहरुमा भव्य मेला लाग्ने गर्दछ । मानिसहरु नयाँ वर्षका अवसरमा व्यक्तिगत तथा पारिवारिक यात्रा तथा तिर्थयात्रा पनि गर्ने गर्दछन् । नयाँ वर्षको दिन सार्वजनिक बिदा हुँदै आएको छ ।

नेपालमा नयाँ सम्वत् फेरिने प्रक्रिया विक्रम सम्वत् अनुसार हुने गर्दछ । विक्रम सम्वत् हिन्दू पञ्चाङ्गमा आधारित प्राचिन पात्रो हो । प्रख्यात राजा विक्रमादित्यले सुरुवात गरेको हुनाले यस पात्रोलाई विक्रम सम्वत् भनिएको हो । नेपालमा विक्रम सम्वतको आधिकारिक प्रयोग भने राणा प्रधानमन्त्री चन्द्रशम्सेरका पालाबाट भएको हो । हिन्दु परम्परा र वैदिक समयाकंनमा आधारित यो सौर्य पात्रो हो । यो अङ्ग्रेजी पात्रोभन्दा ५७ वर्ष ८ महिना १५ दिनले छिटो छ । विक्रम सम्वत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात आजकै दिनबाट सुरु हुन्छ । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरु पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको सम्वत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । जव पृथ्वीले सूर्यको एक परिक्रमा पुरा गर्दछ त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुन: मेष राशीमा प्रवेश गर्दछ । यहिबेला नयाँ वर्षको शुरुवात हुन्छ । यसलाई सुर्यको शुन्य अंश पनि भनिन्छ ।

नयाँ वर्षमा मानिसहरुले नयाँ योजना, नयाँ काम, नयाँ सोच र बिचारका माध्यमबाट जीवनयापनका नयाँ स्वादहरुको सपना बुन्ने गर्दछन् । नयाँ वर्षको माध्यमबाट जीवन र जगतमा हरेक कुरा नयाँ अपेक्षा गर्दछन् र त्यसका लागि नयाँ तागतको कामना गर्दछन् । यसैबिच नयाँ वर्ष २०७७ लाई नयाँ तागतका साथ राम्रो कामको थालनी र नयाँ जोश, नयाँ अभियान, नयाँ लक्ष्य र नयाँ उद्देश्यका लागि संकल्पका साथ लाग्ने नयाँ दिनका रुपमा मनाउने गरिन्छ । नयाँ वर्षमा नयाँ जोश जाँगरका साथ नयाँ पात्रो पल्टिन्छ । मानसपटलमा नयाँ सोचहरु सल्बलाउँछन् अनि नयाँ लक्ष्यहरु तय हुन्छन् ।पुरानो सोच र शैलीको राजनीतिक नेतृत्वले राष्ट्रको उन्नति हुन सक्दैन । देश पनि पुरानो तरिकाले चल्दैन । त्यहि भएर अहिले राजनीतिक रुपमा नयाँ राजनीतिक धार अथवा नयाँ शक्तिको आवश्कयकताबारे बहस चलिरहेको छ । नयाँ वर्ष २०७७ को आगमनसँगै नेपाललाई अझ समृद्ध नेपाल ‘नयाँ नेपाल’ बनाउने नेपाली जनताको चाहना पुरा होस् । कोरोना महामारी नाश भएर जावस संसार भर शान्ती को ध्वनी गुन्जयमान बनोस नयाँ वर्ष-२०७७ स्वागतसँगै सवैलाई ऊत्तरोत्तर प्रगति, सु-स्वास्थ्य, दिर्घायू ,शान्ती , सम्बृद्धी को कामना गर्दै नव बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’
ट्रेन्डिंग न्यूज्

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

स्वदेशी उत्पादनको प्रचारप्रसार र विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको धारणा
Breaking News

स्वदेशी उत्पादनको प्रचारप्रसार र विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको धारणा

नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
Breaking News

नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.