काठमाडौं । सत्तारुढ दलका लागि चितवनको भरतपुर महानगरपालिकाको मेयर पद इज्जतको विषय बन्दै गएको छ । आज नेपाली कांग्रेसका सबै वडा सभापतिहरूले आगामी स्थानीय निर्वाचनमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्। भरतपुर महानगरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठकले यस्तो निर्णय लिएको हो।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भरतपुरको मेयर कांग्रेसले नै पाउनु पर्ने यदि नपाएमा विद्रोह गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी वडा नम्बर १५ का कांग्रेस सभापतिले राजेन्द्र शाँखीले भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए नमान्ने बताए।
‘कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छु, उनले भने, ुकेन्द्रले जबरजस्ती अरू दललाई मेयरको टिकट दिने निर्णय गरे हामी मान्दैनौँ। त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिन्छौँ।’
प्रतिक्रिया लेख्नुहोस्:-