कोरोना भाइरसको संक्रमणका कारण अहिले अमेरिका सबै भन्दा बढी प्रभावित भएको छ । विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिका पनि कोरोना संक्रमण नियन्त्रणका लागि सफल हुन सकेको छैन । संघीय र राज्य सरकार तथा स्थानीय सरकारी निकायले नागरिकलाई सकभर घरमा बस्न (स्टे होम) अनुरोध गरेका छन् । यसै क्रममा अमेरिका र अमेरिकामा रहेका आप्रवासीका वियषलाई जोडेर विभिन्न खवरहरु आएका छन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ५० वटै राज्यमा संकटकाल घोषणा र आप्रवासीहरुलाई सात दिन भित्र देश छोड्न आदेश दिएका खवर पनि अफवहा बनेका छन् । राष्ट्रपति ट्रम्पको आदेश र घोषणाको अर्थ के हो । यसले अमेरिकामा रहेका नेपालीलाई कस्तो असर पर्छ ? यसै विषयमा अमेरिकाको न्युयोर्कमा भट्ट ल एशोशियशन मार्फत कानुनी सेवा दिदै आएका अधिवक्ता डिल्लि भट्ट सँग दूरबिन नेपालका सम्पादक बिष्णुहरि घिमिरेले गरेको कुराकानी ।
प्रतिक्रिया लेख्नुहोस्:-