काठमाडौं । नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको छ। आज (बुधबार ) परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग नेपालले कूटनीतिक सम्बन्ध जोडेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी हुन् ।
लम्सालका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो। योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ। प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन्। उनले नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि बताइन्।
प्रतिक्रिया लेख्नुहोस्:-