काठमाडौं । एमाले महानगर कमिटीको बुधबार बसेको बैठकले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।
यसरी मेयर उम्मेदवारमा सिफारिस हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त रहेका छन् ।
सिफारिसमा परेकाहरुमध्ये विद्यासुन्दर शाक्य अहिले मेयर छन् भने केशव स्थापित पूर्वमेयर हुन्। रामवीर मानन्धर पूर्व सहरी विकास राज्यमन्त्री भइसकेका ब्यक्ति हुन्।त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिस गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-