काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्।
महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन्।
नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे। महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए। सरकारले राम्रो काम गर्दै गए ३–४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ छ।
प्रतिक्रिया लेख्नुहोस्:-