Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

बैशाख ३, २०७५ ३:४९ मा प्रकाशित
सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
Share on FacebookShare on Twitter

पेरिस, ३ वैशाख / फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुन अनुसार नै हामीले सिरियामाथि कारबाही गरेका छौँ ।

उहाँले आवश्यक परेमा लामो समयसम्म पनि सिरियामा अमेरिकासँगै रहेर कामगर्ने गरी गत शनिबार संयुक्त रुपमा आक्रमण गरिएको दाबी पनि उहाँले गर्नुभयो ।

राष्ट्रपति म्याक्रोनले उक्त आक्रमण विधिसम्मत नै रहेको जिकिर पनि गर्नुभयो । उहाँको भनाई थियो– सिरियामा गएका सात वर्षमा धेरै नागरिक मारिएका छन् र यहाँको सरकारले नै घातक हतियारहरुको प्रयोग गरिरहेको छ त्यसैले ती हतियार नष्ट गर्नुपर्ने भएकोले सो आक्रमण वैधानिक रहेको उहाँको भनाई थियो ।

उहाँले विश्व समुदायलाई सिरियाको मानवहत्या रोक्ने काममा सघाउन पनि आग्रह गर्नुभएको छ ।

उहाँले मानवका विरुद्धमा यस्ता रासायनिक र घातक हमलाहरु प्रयोग गरेकोमा सिरियाली सरकार कडा कारबाहीको भागिदार बन्नुपर्छ र यसका लागि विश्व समुदायले पनि सहयोग गर्नुपर्छ भन्नुभयो ।

अमेरिका, रुस र फ्रान्सको हमला भनेको अरु केही नभएर सिरियाली सरकारले भण्डारण गरेको मानव स्वास्थ्यका लागि घातक मानिएका रासायनिक हतियारहरुको नष्ट गर्नु हो भन्दै हवाई आक्रमणहरु पनि ती बाहेक अन्यत्र कतै नगरिएकोले विश्व समुदायले यसलाई राजनीतिक मुद्धा बनाउन उचित नहुने बताउनुभयो ।

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले गएको शनिबार हवाई आक्रमण गरेका थिए । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमासकस र यसको वरपरका क्षेत्रमा आक्रमण भएको थियो ।

विशेषगरी सिरियाली राजधानी दमासकसमा भएको यो आक्रमण अमेरिकी नेतृत्वमा शुरु भएको थियो । तर सो आक्रमण शनिबारै अन्त्य भएको घोषणा गरिएको छ ।

तर पनि आवश्यक परेमा यस्तो आक्रमण फेरि पनि गरिने धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राख्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेकोले फेरि पनि आवश्यक परेमा फेरि सिरियामाथि कारबाही हुने जानकारी दिनुभएको छ ।

डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला भएको छ । सो कारबाहीका लागि बेलायत र फ्रान्सले पनि साथ दिएको थियो ।

आक्रमणको अमेरिकामा विरोध
अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै सरकारको विरोध भएको छ । यस आक्रमणको अनुमोदन गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गर्दै उक्त कार्यका विरुद्धमा अमेरिकी नागरिकको हस्ताक्षर समेत संकलन गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि जम्मा भएर हजारौँ अमेरिकीले आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले त्यस अवसरमा राष्ट्रपति ट्रम्पको विरुद्धमा नाराबाजी पनि गरेका छन् ।

प्रदर्शनकारीहरूले पहेँलो ब्यानर लिएर सिरियामा आक्रमण गर्ने काम तत्कालै बन्द गर्न भनेका छन् । उनीहरूले युद्धको बाटो छोडेर शान्तिको मार्ग रोज्न आह्वान गरेका छन् ।

उता राष्ट्रपति ट्रम्पले भने सिरियाली सरकारले रासायनिक हतियारको प्रयोग गरेर हजारौँ नागरिक मारेको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको स्पष्ट गर्नुभएको छ । (रासस÷एएफपी)

सम्बन्धित समाचार

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित
Slider

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.