काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू भाइरल ज्वरोका कारण बिरामी भएको बताएका हुन् ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’
अस्वस्थताका कारण बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनको प्रचारप्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-