काठमाडौं । नेपालकै डढेलो र भारतबाट निस्किने धुवाँले गर्दा काठमाडौं उपत्यका विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बरमा पुगेको छ ।
हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो। वायु प्रदुषणहरु बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ।
पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-