काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। उनीहरुबीच आइतबार बिहान बालुवाटारमा छलफल भएको हो।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तार र संसद्मा विचाराधीन रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफल भएको बताइएको छ। पछिल्लो समय कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफल हुँदै आएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-