काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गर्न पुर्जी जारी गरेको छ।
विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको इजलासले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते तत्कालीन निर्देशक खड्कासहित शर्मिला खड्का, अमिता लामा सोदेम्बा र सीजी डेभलपर्स प्रालिविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। खड्काले १८ करोड ६६ लाख पाँच हजार रुपैयाँबराबर अकुत सम्पत्ति जोडेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।
त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्नुपर्ने पनि अख्तियारले माग गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-