काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीबाट सचेत रहनुपर्ने बताएका छन् ।
उनले सोमबार तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे ।
‘पार्टीमा व्यक्तिवादी चरित्र हाबी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन् । अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके,’ नेता कोइरालाले भने, ‘तनहुँ क्षेत्र नम्बर १ का आम नागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछ ।’
तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले जिकिर गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-