काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाममा आफ्नो पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरेका छन् ।
उनले आज इलाम क्षेत्र नं २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुहाङलाई जिताए यहाँको विकासको जिम्मा आफूले लिने प्रतिवद्धता जनाए । उनले इलामको विकास निर्माणको समस्या आफूलाई थाह भएको उल्लेख गर्दै एमाले अध्यक्षको हैसियतले सुहाङको जिम्मा आफूले लिने बताए।
अध्यक्ष ओलीले सुहाङले चुनाव हारे इलामले घाटा ब्योहोर्ने पनि बताए।
प्रतिक्रिया लेख्नुहोस्:-