अमेरिकी गुप्तचर निकाय (सिआईए) का निर्देशक माइक पोम्पिओ र उत्तर कोरियाली नेता किम जोंग उनबीच गत साता प्योंगयाँगमा भेट भएको छ। आज बिहान ट्वीटर मार्फत राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त भेटलाई पुष्टि गरेका छन्। आगामी जुनमा हुने भनिएको राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको शिखर-वार्ताको पूर्व तैयारीका सन्दर्भमा भएको गोप्य भेटबारे अमेरिकी संचार माध्यमहरुले अपुष्ट समाचार प्रकाशन गरेपनि समाचारको औपचारिक पुष्टि हुन पाएको थिएन। राष्ट्रपति ट्रम्पद्वारा विदेशमन्त्रीमा मनोनीत र अमेरिकी सिनेटबाट अनुमोदन हुन बाँकी रहेकै बेला निकै सफल भनिएको पोम्पिओको यो भ्रमणले अमेरिका र उत्तर कोरियाबीचको दशकौं लामो तनाव कम हुने र कोरियाली प्रायद्वीपमा आणविक अस्त्रको खतरा कम गर्न जारी शान्ति प्रक्रियाले सफलता पाउने संभावनालाई बढाएको छ।
सिरियामा क्षेप्यास्त्र आक्रमण, पूर्व एफबिआईका निर्देशक जेम्स कोमेले आफ्नो बहुचर्चित पुस्तक ‘ए हाइयर लोयल्टी’ मा ‘ट्रम्प राष्ट्रपति पदमा बस्न लायक छैनन्’ भनेर लगाएको आरोपहरुका सन्दर्भमा ट्वीटरमा छुद्र प्रतिक्रिया दिन व्यस्त भएकै बेला आएको राष्ट्रपति ट्रम्पको ताजा ट्वीटले शान्तिका पक्षमा रहेकाहरुमा सकारात्मक सन्देश प्रवाह गरेको अन्तराष्ट्रिय मामिलाका जानकारहरुले बताउन थालेका छन्।
तस्वीर: फक्स न्युज
प्रतिक्रिया लेख्नुहोस्:-