काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेको जग्गाको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन सबैतिरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हो। यसअघि भूउपयोग नियमावली ल्याएर वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो।
सोसँगै अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो निजी क्षेत्रबाट आएपछि सरकारले जग्गा वर्गीकरणविनै कित्ताकाट गर्न दिने निर्णय गरेको हो।तर अब सबै पालिकामा जग्गा कित्ताकाट गर्न पाइनेछ। अर्थ मन्त्रालयमा मूल अर्थतन्त्रमा असर गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जग्गा कित्ताकाट खोल्नुपर्ने ब्रिफिङ नै भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-