काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएको छ ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
“निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका उल्लेखित जिल्लाहरूमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकोप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरूमा यातायातको सहज पहुँच समेत रहेको छ ,” विज्ञप्तिमा भनिएको छ,“ यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले संवत् २०८० साल बैशाख १० गते हुने उपनिर्वाचनमा उमेदवार, दलका नेतातथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-