काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार समेत सुम्पिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा उक्त मन्त्रालयको कार्यभार खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि कानुन मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्दै आएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-