काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै आफूहरु कुनै पनि हालतमा गठबन्धन तोड्न पक्षमा रहेको बाएका छन् ।
उनले मंगलबार नेविसंघको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बताए ।
उनले भने, ‘यो गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्यो भनेको हो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ,’ उनले भने, ‘गठबन्धन भन्दाखेरि ‘गिभ एन्ड टेक’ त हुन्छ । कांग्रेस ठूलो पार्टी छ तर सानो पार्टी हामी पनि हुन पाउँ भन्नुभएको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-