काठमाडौं । आजै मात्र थप उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा उपचार सुरु भएको छ ।
उच्च पदस्थको भर्ना लिँदा नै आईसीयूमा राखेर उपचार सुरु गर्ने अस्पतालको प्रोटोकलअनुसार उनलाई आईसीयूमा भर्ना गरिएको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए ।
राष्ट्रपति पौडेलको उपचारमा भारत सरकारले समेत चासो दिएर विशेष टिमबाट उपचार सुरु भएको छ ।
डा. बमका अनुसार भारतीय विदेश सचिव, एम्सका निर्देशकसहितले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । डा. बलमे एम्सले विशेष टिम बनाएर उपचार सुरु गरेको र आफूले स्वास्थ्य अवस्था मात्र फलो गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-