काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गोविन्द भट्टराई रामचन्द्र पौडेल जत्तिकै योग्य रहेको बताएका छन् । उनले बुधबार डुम्रेमा भएको चुनावीसभामा ्यसअघि निर्वाचित पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताए ।
‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ,’ देउवाले अघि भने, ‘तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’
प्रतिक्रिया लेख्नुहोस्:-