काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा निजी क्षेत्रका सुझाव समेट्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलसँगको भेटमा यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए। बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-