काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीसँग सत्ता परिवर्तन गर्नसक्ने क्षमता रहेकोले नहेप्न चेतावनी दिएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आज गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ,’ अध्यक्ष नेपालले भने, ‘हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यता अनुसार अगाडि बढेका छौँ ।’ उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पारे ।
प्रतिक्रिया लेख्नुहोस्:-