Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी

बैशाख ७, २०७५ १०:५८ मा प्रकाशित
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी
Share on FacebookShare on Twitter

काठमाडाँै, ७ वैशाख / बेलायत नेपाल प्रज्ञा परिषद्को हालै भएको निर्वाचनमा आगामी चार वर्षका लागि डा कृष्ण अधिकारीको नेतृत्वमा तीनजना मुख्य कार्यकारी पदाधिकारीको निर्विरोध चयन भएको छ ।

महासचिवमा लण्डन स्कूल अफ इकोनोमिक्सकी डा पुनम यादव र कोषाध्यक्षमा बर्मिङ्घम विश्वविद्यालयका डा फ्रेजर सग्देन निर्वाचित भएका छन् ।

परिषद्ले आयोजना गरेको १६ औँ नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) को सिलसिलामा अप्रिल १७ मा दरहम विश्वविद्यालयमा बसेको साधारणसभामा निवर्तमान अध्यक्ष प्रो डेविड गेल्नरले निर्वाचनको नतिजा सार्वजनिक गर्नुभएको थियो । यसअघि परिषद्को कोषाध्यक्षमा डा सेलेन हिटन (श्रेष्ठ) रहेकी थिइन् ।

अक्सफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य र पूर्व कार्यकारी निर्देशक हुन् । अध्यक्ष बन्नु अघि उनी उक्त परिषद्को महासचिव रहेका थिए । उनी परिषद्को चौथो अध्यक्ष हुन् ।

यसअघि प्रा सूर्य सुवेदी, प्रा माइकल हट र प्रा डेविड गेल्नरले सो पदमा रही सेवा गरिसकेका छन् । परिषद्ले प्रत्येक दुई वर्षमा चार वर्षका लागि चार÷चार जना कार्यकारी सदस्यको निर्वाचन गर्दछ भने तीनजना पदाधिकारी छुट्टै निर्वाचन गर्ने गर्दछ ।

२३ मे २००० का दिन बेलायतस्थित नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा शोध रुची भएका मानिस तथा प्राज्ञको स्कूल अभ् ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (सोआस) मा भएको एक भेलामा परिषद्को गठन गरिएको थियो ।

बेलायत र नेपालका द्धिपक्षीय चासोका विषयमा साझेदारीमूलक अनुसन्धान, आपसी आदानप्रदानका कार्यक्रम, वार्षिक प्रवचन तथा सेमिनार कार्यक्रम आयोजना गरी बेलायत–नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्य राखेर परिषद्को गठन गरिएको कुरा डा अधिकारीले जानकारी दिनुभयो ।

परिषद्ले हरेको वर्ष नेपाल प्रवचन कार्यक्रम आयोजना गर्दै आएको र गत कार्यक्रममा प्रा पिताम्बर शर्माले प्रवचन दिनुभएको थियो । त्यसैगरी हरेक वर्ष बेलायतको एउटा विश्वविद्यालयको आतिथ्यमा नेपाल अध्ययन दिवस (नेपाल कन्स्फरेन्स) आयोजना गर्दै आएको छ ।

यसबर्ष भएको कार्यक्रममा ३५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कूल ७० जनाको सहभागिता रहेको र दुई प्यानलमा सञ्चालन भएको उक्त कन्फरेन्सको सिलसिलामा लुम्बिनी म्युजियम, १९७७ को हिमालयन एक्पिडिसन, तिलौराकोट उत्खननको बारेमा थप विशेष प्रस्तुति र सेरा तामाङको मुख्य प्रस्तुति रहेको थियो ।

यो सालदेखि युरोप वा दक्षिण एशियाका कुनै एक विश्वविद्यालयमा भर्ना भई नेपाल वा संसारभरिका नेपालीसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका विद्यार्थीका लागि प्रतिस्पर्धात्मक रूपमा छनोट हुने गरी ‘विद्यावारिधि शोधपत्र पुरस्कार’ सञ्चालनमा ल्याइएको र सन् २०१८ को पुरस्कार कोपनहेगन विश्वविद्यालयकी डा मरिना क्रोजेनेभिकाले प्राप्त गरेकी छन् ।

आगामी २०१९ को नेपाल अध्ययन दिवस एडिनबरा विश्वविद्यालयमा र २०२० को कार्यक्रम युसिएल लण्डनमा आयोजना हुनेछ भने २०१८ को सोह्रौँ नेपाल प्रवचन जर्मनको बेलेफेल्ड विश्वविद्यालयकी प्राध्यापक जोअना पाप्फले नोभेम्बर १ मा सोआस, लण्डनमा दिने जनाइएको छ । रासस

सम्बन्धित समाचार

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् प्रमुख एजेण्डा
ट्रेन्डिंग न्यूज्

कांग्रेस संसदीय दलको बैठक बस्दै

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन
ट्रेन्डिंग न्यूज्

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट
ट्रेन्डिंग न्यूज्

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौंमा
ट्रेन्डिंग न्यूज्

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौंमा

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो
ट्रेन्डिंग न्यूज्

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.