काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस भोलि (विहीबार) नेपाल आउन लागेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार उनी मन्त्री विरोध खतिवडाको निमन्त्रणामा ३ दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
महानिर्देशकका साथमा डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनेछन्।
नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्नेछन्।
प्रतिक्रिया लेख्नुहोस्:-