काठमाडौं । हिजो मात्र थप उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
उनको उपचारमा संलग्न चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-