काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सीमासम्बन्धी समस्या प्राथमिकतामा बताएकी छन्।
उनले बिहीबार वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै यस्तो बताएकी हुन्। उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकि नसकिएको बताइन्। उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरु मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाव दिने बताइन्।
उनले भनिन्, ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ तर मिति निश्चित भइसकेको छैन। मिति तय भइसकेपछि नै भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउनेछ। के कस्ता योजना समावेश गर्ने ? भन्नेकुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकि सकिएको छैन।
प्रतिक्रिया लेख्नुहोस्:-