काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताएका छन् । ।
उनले शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दैनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताएका हुन् ।
सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरु आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचेको हुनसक्ने उनको आरोप छ । उनले कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताए । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु छरिएर रहनु राम्रो नभएको बताए ।
यस्तै उपप्रधान एवं गृहमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताए । उनले विचारधारात्मक सांस्कृतिक समस्या कम्युनिष्ट पार्टीहरुमा बढेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-