काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउनेभन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
उनले आज नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘वर्तमान संविधान र निर्वाचन प्रणालीका आधारमा अहिलेको स्थितिमा कुनै पनि दलले बहुमत ल्याएर सरकार बनाउने सम्भावना धेरै कम छ। त्यसकारण हामीले यो गठबन्धनलाई पाँच वर्ष नै चलाएर यसको माध्यमबाट जनतालाई सेवा दिने चुनौती छ।’
उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही विचार, नीति, कार्यशैली र संस्कारको आधारमा एकताबद्ध गर्ने प्रयासमा एकहदसम्म आफूहरु सफल नै भएको दाबी गरे।
प्रतिक्रिया लेख्नुहोस्:-